scheduleआइतवार भाद्र ४ गते, २०७४

वीरेन्द्रनगर नगरपालिकामा दमकल

फाइल फोटो

सुर्खेत, ५ असार । वीरेन्द्रनगर नगरपालिकाले दमकल खरिद गरेको छ । स्थापना भएको ४१ वर्षपछि नगरपालिकाले ६० लाख मूल्य पर्ने दमकल खरिद गरेको हो ।

साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा जनस्तरबाट चर्को दबाब खेपिरहेका नगरपालिकाले स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर शनिवार ल्याएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ जिन्सी सहायक खड्क केसीले वीरेन्द्रनगर नगरकार्यपालिकाको बैठक बसेर मेकानिकल इन्जिनियरको प्राविधिक परीक्षण र प्रतिवेदनका अधारमा दमकल सञ्चालनमा ल्याइने जानकारी दिए ।

‘दमकल सञ्चालनका लागि सवारी चालक र फायर म्यान गरेर पाँचजना कर्मचारी आवश्यक पर्छ,’ केसीले भने, ‘ती पदपूर्ति गर्न समय लाग्ने भएकाले तत्कालका लागि नगरपालिकासँग भएका जनशक्ति नै परिचालन गर्ने तयारीमा छौँ ।’

दमकल निर्माण कम्पनीले नगरपालिकासँग रहेका पाँचजना कर्मचारीलाई दमकलसम्बन्धी आवश्यक प्रशिक्षण दिने पनि उनले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC