scheduleआइतवार भाद्र ४ गते, २०७४

काँग्रेस नेता पाण्डेले भने- अब हामी पनि ‘टिट फर ट्याट’ गर्छौं

काठमाडौं, ५ असार । प्रमुख दल नेपाली काँग्रेस नेता सुरेन्द्र पाण्डेले दोस्रो चरणको  निर्वाचनमा काँग्रेस बलियो हुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले भने, ‘हुन त एमाले अध्यक्ष केपी ओलीले अब काँग्रेस पहिलो पार्टी बन्ने दिन गए भन्नुभयो, तर उहाँहरुलाई यो भन्ने छुट कम्तिमा अब दश दिनमात्रै बाँकी छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै ओलीजी जुँगाको ताउ सकिन्छ ।’

पाण्डेले एमाले अध्यक्ष ओलीले क्याम्पस इकाई सभापतिजस्तै गरि तल्लो स्तरमा उत्रिएर गालीगलौज गर्ने गरेको आरोप समेत लगाए । उनले भने, ‘खोक्रो राष्ट्रवाद र झुठो कुरा गरेर केही हुनेवाला छैन, हामी कम्तिमापनि त्यसरी तल्लो स्तरमा उत्रिन चाहेका छैनौं, अब हामी पनि टिट फर ट्याट गर्छौं ।’

उनले स्थानीय तहको निर्वाचन तीन चरणमा गराउनुको प्रमुख कारण नै एमाले भएको समेत आरोप लगाए । उनले भने, ‘असन्तुष्टि सम्बोधन गर्ने जिम्मा सरकारको हो, एमालेले गैर–जिम्मेवारीपन देखाएको छ ।’ भाग लिएका छन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC