scheduleआइतवार भाद्र ४ गते, २०७४

अमेरिकी मुस्‍लिम युवतीको भर्जिनियामा अपहरणपछि हत्या, एक गिरफ्तार

एजेन्सी । भर्जिनियामा आइतबार मस्जिदको बाहिर एक १७ वर्षिया अमेरिकी मुस्लिम युवतीको अपहरणपछि हत्या भएको छ । जसपश्चात प्रहरीले एक युवकलाई गिरफ्तार गरेको छ ।

यस घटनापछि ओल डल्लेस क्षेत्रमा रहेको मस्जिदमा रमजानको क्रममा प्रार्थना जुटेका मुस्लिम समुदायमा डर पैदा भएको छ । यस घटना बिहीबार बिहान भएको थियो जब युवती साथीसँग मस्जिद बाहिर घुमिरहेकी थिइन् । उक्त क्रममा एक कारमा आएका युवकले उनलाई अभद्र व्यवहार गरेका थिए । त्यसपछि उनीहरु बीच विवाद सुरु भयो र उनी आफ्नो साथीसँग अलग भइन् । त्यसपछि उनी गायब भएकी थिइन् । उनला खोज्ने क्रममा उनको लास एक पोखरीमा भेटिएको थियो ।

खोजी कार्यको क्रममा अधिकारीहरुले उक्त हत्याको आशंकामा २२ वर्षीय डार्विन मार्टिनेज टोर्रेस नाम गरेका एक युवकलाई गिरफ्तार गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC