scheduleआइतवार भाद्र ४ गते, २०७४

उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

इलाम, ५ असार । माओवादी केन्द्रका उम्मेदवार नारायण राई  बेपत्ता भएका छन् ।

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् ।

राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको छ । बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए । उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC