बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, ५ असार । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । नवनायिका अश्लेषा ठकुरी र प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत २’ दर्शकहरुले तीव्र प्रतिक्षा गरिरहेका छन् । आशुसेन फिल्मस् ब्यानरमा बनेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । रेनेशा राईको कोरियोग्राफी रहेको छ भने कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।
फिल्ममा प्रदिप र अश्लेषाका अलवा शिशिर भण्डारी, कविता रेग्मी, कुमार कार्की, श्रदा प्रसाई, कैलाश कटुवाल लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुहोस् :