scheduleशनिवार आषाढ़ १० गते, २०७४

सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री शर्मा

बुटवल, ५ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, ‘केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना तय गरेर लागू गरिन्छ ।’

गृहमन्त्री शर्माले यही असार १४ गतेको निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा बाजुरा, सङ्खुवासभा र कपिलवस्तुमा केही अप्रिय घटना भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै ती घटनामा आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने गरी लाग्नसमेत सम्बन्धीत निकायलाई निर्देशन दिइएको जानकारी दिए ।

‘कपिलवस्तु घटनाको यथार्थ छानबिन गरी दोषीलाई छिट्टै कानुनको दायरामा ल्याइनेछ,’ उनले भने। मधेस केन्द्रीत दलका असन्तुष्टिलाई सम्बोधन गर्न र दीर्घकालीन द्वन्द्व अन्त्य गरी जनतालाई सुरक्षित रुपले मतदान गर्न पाउने वातावरण सिर्जनाका लागि दुई नं प्रदेशको निर्वाचन सारिएको उनको भनाइ थियो।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Vianet

विश्व More

जीवन शैली More

साहित्य More

प्रवास More

स्वास्थ्य More

पत्रपत्रिकाबाट More

default-addImage
default-addImage