scheduleसोमवार आश्विन ९ गते, २०७४

थाइराइडलाई नियन्त्रणमा राख्नको लागि यी उपायहरु अपनाउनुहोस्

एजेन्सी । थाइराइडको समस्या आजकाल धेरै मानिसहरुमा रहेको पाइन्छ । अध्ययनकाअनुसार थाइराइडको सबैभन्दा धेरै शिकार महिला हुन्छन् । थाइराइड शरिरमा पाइने एन्डोक्राइन ग्ल्याण्ड मध्ये एक हो जसले शरिरका विभिन्न खालका कार्यहरुमा असर पार्छ ।

यसले तनाव,निन्द्रा ठिकसँग नलाग्ने , कोलेस्टेरोल, बाँझोपना, महिनावारी समयमान हुने, मुटुको धड्कन बढ्ने जस्ता समस्याहरु देखिन्छन् ।

थाइराइडलाई नियन्त्रणमा राख्नको लागि यी सजिला उपायहरु अपनाउनुहोस् ।

आधा चम्चा एलोभेरामा २ थोपा तुलसीको रस मिसाएर पिउनुहोस् । यसलाई दिनमा २ पटन पिउने गर्नाले धेरै फाइदा गर्छ ।

राती एक कप  पालकको रसमा आधा कागती मिसाएर पिउनुहोस् । यसले थाइराइड नियन्त्रण हुन्छ ।

थाइराइड नियन्त्रणमा राख्नको लागि दैनिक बेसार राखिएको दुध पिउनुहोस वा फेरि १ चम्चा बेसारलाई मन तातो पानीको साथमा मिसाएर पिउनुहोस् ।

बदाम र ओखरमा सेले नियम तत्व हुन्छ जसमा थाइराइडका बिरामीको लागि फाइदाजनक हुुन्छ । यसलाई रातभर भिजाएर बिहान खानुहोस् ।

हरियो सागसब्जीहरुमा आइरन भरपुर मात्रामा हुन्छ जो थाइराइडका ग्ल्याण्डको लागि फाइदाकारी हुन्छ । यस्तोमा आफ्नो खानामा हरियो सागसब्जीहरु समावेश गर्नुहोस् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC