scheduleसोमवार आश्विन ९ गते, २०७४

प्रेममा धोका पाएपछि जब साहिदले यस्तो निर्णय लिए

बलिउड। बलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन ।

कति अभिनेता तथा अभिनेत्रीहरुले प्रेम सम्बन्धमा धोका खाएका छन् । कति प्रेमसम्बन्ध र मिडियादेखि पर समेत रहेका छन् । धेरै बलिउड अभिनेता तथा अभिनेत्रीहरुको एउटा न एउटा विगत रहेको छ ।

तिमध्येका एक अभिनेता हुन् शाहिद कपुर । बलिउडका चकलेटी नायकका रुपमा परिचीत साहिद कपुर पनि धेरै प्रेमिकाहरुबाट धोखा खाएकामध्येमा चिनिन्छन् ।

कहिले करिना कपुरसँगको सम्बन्ध त कहिले प्रियंका चोपडासँगको सम्बन्ध । करिनाले धोखा दिएपछि प्रियंकाको अगालोमा बाधिन पुगेका साहिदले विवाह भने मिरा राजपुत सँग गरेका थिए ।

प्रियंकासँगको सम्बन्ध पनि धेरै दिन नटिकेपछि साहिदले मिरासँग विवाह गरेका थिए । मिरा फिल्मी क्षेत्रसँग मतलब नराख्ने महिला हुन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC