scheduleबिहिवार मंसिर २८ गते, २०७४

तराईका बाढीपीडितका लागि चार लाख राहत संकलन

फाइल फोटो

पोखरा, ४ भदौ । तराईका बाढीपीडितका लागि पोखराका विभिन्न संघसंस्थाले चार लाख १८ हजार नगद राहत संकलन गरेका छन् ।

पश्चिमाञ्चल होटल संघले एक लाख ५० हजार नगद संकलन गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । संघका तर्फबाट थप ५१ हजार होटल व्यवसायीबाट संकलन गरिएको थियो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघले एक लाख ५६ हजारभन्दा बढी राहत संकलन गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । संघले एक लाखको बाढीपीडित राहत कोष स्थापना गरेपछि बाँकी विभिन्न उद्यमी तथा व्यवसायीले सहयोग गरेका थिए ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न क्याम्पसमा पुगेर एक लाख १२ हजार राहत संकलन गरेको राहत संकलन अभियानका संयोजक विवेक देवकोटाले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL