scheduleशुक्रवार मंसिर ८ गते, २०७४

न्यूयोर्कमा सांस्कृतिक केन्द्र बनाउन पराजुलीबाट एक करोडभन्दा बढी दान

न्यूयोर्क, १४ भदौ । न्यूयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र बनाउन समाजसेवी श्री पराजुलीले १ लाख १ हजार १ सय ११ डलरको दान घोषणा गरेका छन् ।

दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र बनाउन सत्यनारायण मन्दिरमा गरिएको महापुराणको अन्तिम दिन अर्थात् मंगलबार आयोजक रिजउड नेपाली समाजका पूर्वअध्यक्ष पराजुलीले उक्त दान दिने घोषणा गरेका हुन् । उनले घोषणा गरेको दान नेपाली रुपैयाँ एक करोड १३ लाख नेपाली रुपैयाँभन्दा बढी हुन्छ ।

यसअघि सन् २०१० को महापुराणमा पनि उनले २२ हजार डलर दान दिएका थिए । यो घोषणासँगै पराजुली उक्त सांस्कृतिक केन्द्र निर्माणमा व्यक्तिगतरुपमा सबैभन्दा बढी दान गर्ने दाता बनेका छन् ।

सन् २०१० मा न्यूयोर्कमा आयोजित महापुराणबाट उठेको ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिसकिएको छ । रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइरालाका अनुसार संस्थाले अबको दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC