scheduleसोमवार आश्विन ९ गते, २०७४

‘शैक्षिक गुणस्तरहिनता र माफियाकरण रोक्नु नै विद्यार्थी आन्दोलनको नयाँ कार्यभार हो’

काठमाडौं, २१ भदौ । नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनको पहिलो अधिवेशन यही भदौ २३, २४ र २५ गते काठमाडौंको किर्तिपुरमा हुँदैछ । यसै सेरोफेरोमा रहेर सम्मेलनको तयारी, यसले दिने सन्देश र सम्मेलन कसरी सम्पन्न हुँदैछ यो विषयमा केन्द्रीत रहेर साझापोस्ट संवाददाताले नयाँ शक्ति विद्यार्थी युनियनका नेता तथा प्रशिक्षण विभाग प्रमुख नेत्र चापागाईसँग गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको विद्यार्थी संगठन या आन्दोलनको मुल सम्स्या के हो ?
राजनैतिक परिर्वतन जति धेरै भएपनि यस अनुसारको शैक्षिक क्षेत्रमा परिर्वतन भएको छैन । यसको प्रस्टै कारण के छ भने जसरी राजनीतिक परिवर्तनकालमा विद्यार्थी संगठनहरु अग्र भागमा रहेर परिवर्तन ल्याउन लागि परे । त्यसपछि राजनीति कोर्ष बदलिएअनुसार आफ्नो संगठन, संरचना र संस्कारलाई जुन रफ्तारमा बदल्नुपर्ने थियो त्यो विषयमा ध्यानै गएन । तर्सथ आजको विद्यार्थी आन्दोलन ग्याङ, गुट र पार्टीभन्दा माथि उठ्नै सकेन । यो आजको मुख्य समस्या हो । यसलाइ यो भन्दा माथि उठाएर खास गरी शैक्षिक क्षेत्रमा बढ्दै गएको गुणस्तरहिनतालाई रोक्नु र माफियाकरणलाई बन्दे गर्नु नै आजको विद्यार्थी आन्दोलनको नयाँ कार्यभार हो ।

राष्ट्रिय सम्मेलन सकिएपछि २, ४ दिन सडक तताउनुहुन्छ होला नि ?
संघर्षबाट निमार्ण भएका विद्यार्थी संगठन मुलरुपमा प्रतिपक्षीय, प्रतिरोधी संर्घषप्रेमी मोह छ । त्यसलाई आजको परिवेशमा बदल्न जरुरी छ, हामी विरोधी मानसिकता भन्दा विकल्प दिने, हिंसात्मक बाटो भन्दा रचनात्म्क दबाबमा विश्वास गर्ने, सडक तताउने भन्दा सद्भाव फौलाउने संगठन हो । हामी हाम्रा मूल्य मान्यता र थिमभित्र रहेरनै कामहरु गर्दछौं ।

दलिय भागबण्डाको अन्त्यलाई सम्मेलनको मुख्य मुद्दा बनाउनुभएको छ, यसो किन गर्नुभएको ?
विद्यालय, विश्वविद्यालयदेखि पाठयक्रम निमार्ण गर्नेसम्म समस्या त छन् नै तिनमा बहस चलाउनु त छ । तर, त्यो बहसलाई स्वतन्त्रतापुर्वक चलाउने निष्कर्ष निकाल्ने ढोका राजनीतिक भागबण्डाले अवरोध गरेको छ । यसले निती निमार्णदेखि कर्मचारी नियुक्तिसम्म जरा गाडेर बसेको छ । निष्पक्षता र स्वतन्त्रताको गला नै रेटेको छ । त्यसकारण पहिले हामीले दलिय भागबण्डाको अन्त्य नगरी अन्य विषयको बहस नै सही बाटोमा हिडाउँन सक्दैनौं । त्यसैले हामीले दलिय भागबण्डाको अन्त्यलाई मुख्य विषय बनाएका हौं ।

स्ववियुसम्बन्धी तपाईहरुको धारणा के हो ?
राजनीतिक क्रान्ति या परिवर्तनको बेलाको स्ववियु र अहिलेको स्ववियु फरक हुन जरुरी छ । त्यहाँ फरक नहुँदा विद्यार्थीको चुनावभन्दा पनि दलको चुनाव बन्न जान्छ । तसर्थ हामी स्ववियुलाई पार्टीको झण्डा या डन्डा समात्नेहरुको प्रतिस्पर्धा नहोस् र त्यो भन्दा फरक होस् भन्ने चाहेका छौं । हामीले क्याम्पसमा प्रध्यापक, शिक्षक र कर्मचारीहरुको समेत झोले संगठन खारेज हुनुपर्छ भनेका छौं ।

लोकतन्त्रमा दलगत प्रध्यापक, शिक्षक या कर्मचारी संगठन खोल्न दिनु हुँदैन भन्नुभएको हो ?
हामी शिक्षक, कर्मचारी या प्रध्यापकहरुको पेशागत अधिकारको विरोधी होइनौं तर आज विभिन्न बहानामा सरकारको तनाखा खाएर विश्वविद्यालय, क्याम्पस या विद्यालयका प्रध्यापक, शिक्षक र कर्मचारीहरु झण्डामात्रै बोक्दै हिँडने, राजनीतिक भागबण्डाको निम्ती विभिन्न पार्टीमा निवेदन हाल्न पुग्ने जुन गलत संस्कार बसेको छ, यसको खारेज गर्न जरुरी छ । हामीले उहाँहरुलाई कम्तीमा सरकारी तनाखा खाएर विश्वविद्यालयभित्र एउटा अमुक पार्टीको कार्यकता बन्न पाउनु हुँदैन भनेका हौं । उहाँहरु राजनीति गर्न स्वतन्त्र हुनुहुन्छ तर यसको नाममा भागबण्डाको संस्कार निम्त्याएर जसरी शैक्षिक संस्थानहरु ध्वस्त पारियो र पारिँदैछ यसलाइ कसैले न कसैले त रोक्ने पहल गर्नुपर्‍यो । अहिलेका विद्यार्थी संगठनलाइ हेर्नुहुन्छ भने उनीहरु त झन् यो भागबण्डा निम्त्याउनलाई मेरो पार्टीको भिसि चाहियो या रजिस्टार चाहियो या क्याम्पस प्रमुख चाहियो भनेर आन्दोलन गर्छन् । तसर्थ यो गलत संस्कार जसरी शैक्षिक क्षेत्रभित्र प्रवेश गरेको छ, यसलाई रोक्न हामीनै त्यस्तो पहिलो विद्यार्थी संगठन हो जसले यस्तो विषयलाई मुल मुद्दा बनाएको छ ।

तपाईहरुको सांगठनिक संरचना कस्तो हुनेछ ?
हामीहरु मुलरुपमा एक व्यात्ति एक पद र कमिटीहरुको स्वतन्त्रता विश्वास राख्दछौं । यसलाई नै मुल मर्म बनाएर खास गरी भुगोल भन्दापनि विश्वविद्यालय र फ्याकल्टी केन्द्रीत संरचनामा जान्छौं तर यो सम्मेलन पश्चात नै विधानको विषयमा वृहत खालको गोष्ठी गरेर त्यसको टुङगोमा पुग्ने सोच बनाएका छौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC