scheduleशनिवार मंसिर ९ गते, २०७४

गोरखा हिँडेका बाबुराम बीचैबाट फर्कनु परेपछि यसो भने गोरखालीलाई

काठमाडौं, २२ भदौ । गोरखा क्षेत्र नम्बर २ बाट संघीय संसदको चुनाव लड्ने बताएका नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखालीसँग सहकार्य गर्दै आफू अघि बढ्न प्रतिबद्ध रहेको भन्दै  सघाउन आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा  एक स्ट्याटस लेख्दै संयोजक भट्टराईले  संघीय संसदको चुनावका लागि गोरखालीहरुलाई  सघाउन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘गोरखाले आधुनिक नेपाली इतिहासको पहिलो चरणमा भौगोलिक एकीकरण र दोश्रो चरणमा लोकतान्त्रिकरणको सफल नेतृत्व गर्यो भने अब तेश्रो चरणमा विकास र समृद्धीकरणको नेतृत्व गर्नु छ । यही ऐतिहासिक जिम्मेबारीवोधका साथ म निरन्तर गोरखाली दिदीबहिनी दाज्यु-भाइका साथ काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले आफू आजै गोरखा जान हिँडेको तर स्वास्थ्य अनुकुल नरहेकाले बीचैबाट फर्कनुपरेको जानकारी समेत गराएका छन् ।

डा. भट्टराईले  गोरखा–२ बाट प्रतिनिधित्व गर्ने अवसरका निम्ति छिट्टै मतदाताको घरदैलोमा जाने पनि बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘आगामी संघीय संसदको निर्वाचनमा गोरखा-२ बाट तपाईंहरूको प्रतिनिधित्व गर्ने अवसरका निम्ति छिटै तपाईंहरूको घरदैलोमा आउने वाचा गर्दछु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC