scheduleसोमवार आश्विन ९ गते, २०७४

९६ दलले पाए चुनाव चिन्ह, नयाँ शक्तिलाई ‘देब्रे आँखा’ (सूचीसहित)

माओवादी केन्द्रसहित तीन दललाई एउटै चुनाव चिन्ह

काठमाडौँ, २२ भदौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानअनुसार दल दर्ता गरी निर्वाचन चिह्नसमेत प्रदान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गरी पाऊँ भनी आयोगमा परेका निवेदन सम्बन्धमा निर्णय गरेको हो ।

सो निर्वाचन प्रयोजनका लागि आवश्यक कागजातसहित ९५ राजनीतिक दलले निवेदन दर्ता गराएका थिए । आयोगले राजनीतिक दललाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐन, दर्ता गरी दलले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिह्नमध्ये आयोगको निर्वाचन चिह्नको समूहमा कायम रहेका चिह्नबाट निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्वाचनमा चुनाव चिन्ह नपाएको नयाँ शक्तिले पनि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देब्रे आँखा चुनाव चिन्ह पाएको छ ।

साथै दुई वा दुईभन्दा बढी राजनीतिक दल संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलको हकमा समेत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णयसमेत भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

हेर्नुहोस् कुन कुन दलले के निर्वाचन चिन्ह पाए ? 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC