scheduleशनिवार मंसिर ९ गते, २०७४

यौन र नारी चरित्रबारे खरो लेखक ‘माल्दाजु’

विनोद ढकाल/काठमाडौं, २४ भदौ । नेपाली राजनीतिको एउटा फरक यात्रा तय गराउने साधक विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मको व्याज नेपाली कांग्रेसले अहिलेसम्म खाइरहेको छ । कांग्रेसको त्यो इतिहाँस हुन् वीपी जसको रजगजको नाफा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासम्मले अहिले खाइरहेका छन् ।

भारतमा बसेर नेपाली प्रजातान्त्रिक आन्दोलनलाई एउटा गहन विन्दुमा पुराएर स्वतन्त्र नेपाल निर्माणमा २४ भदौ महत्वपूणृ थियो । किनभने बिसं १९७१को त्यो २४ भदौ नै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र पहिलो जन्म थियो । कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला पुत्र वीपी कालान्तरमा नेपाली राजनीति र साहित्यलेखनमा एउटा सशक्त हस्तक्षेपकारी व्यक्तित्वका साथ उपस्थित भए । तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाई, मोदिआइन्, हिटलर र यहुदी, वावु, आमा र छोरा जस्ता उपन्यासका लेखक वीपीको राजनीतिक जीवनको चर्चामा नेपाली कांग्रेस चुकेको छैन । तर, उसले वीपीको सिद्धान्तलाई आत्मसाथ गर्न सकेको छैन । शान्ति प्रक्रियाका एकजना शिखर साधक गिरीजाप्रसाद कोइराला वीपीलाई माल्दाजु भन्दथे । ति माल्दाजु जसको साहित्यीक जीवन निक्कै रोचक छ । जेलमा बस्दा लेखेका उपन्यासमा उनले तत्कालिन समाजको यौन मनोविज्ञानको खुलेर व्याख्या गरेका छन् ।

प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरू मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किराँतपुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ

साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाले आफ्नो सग्लो छवि र धार बनाए । आजपनि विपीलाई आर्दश मानेर उनको लेखन धार समातेर पछि लाग्ने नयाँ नयाँ लेखकहरूको कमी छैन । कतिपयले उनको लेखनलाई अराजकतावादी धारबाट संक्रमित भएको भन्दै आलोचना गरे । तर, आलोचनासँग नडारउने वीपीले समाजको यौन मनोविज्ञानलाई लेखनबाट चिरिरहेका थिए ।

मानिसहरू सत्ताबाहिर रहँदा क्रान्ति, परिवर्तन र विप्लवका चर्का कुरा गर्छन् र सत्तामा पुगेपछि लज्जावती झारझैं लल्याकलुलुक भएर बाहिरिन्छन् । विपी नेतृत्वको सरकारले २०१५ को चुनावी घोषणापत्रलाई सरकारमा पुगेर भटाभट कार्यन्वयन गर्न थाल्यो ।
सम्भवत जनताको छोराले सत्तामा बसेर गरिएको सबैभन्दा वैधानिक क्रान्ति विपी नेतृत्वको सरकारले गरेको विर्ता प्रथा खारेज, राज्य रजौटा उन्मुलन लगायत थियो ।

वीपीका राजनीतिक यात्रा र संघर्ष निक्कै कष्टदायीसहित परिवर्तनका लागि मार्गदर्शक इतिहाँस हो । तर, साहित्यमा पनि वीपीका क्रान्ति कम छैन । आजको साहित्य बजारले वीपीलाई विर्सनु साहित्यीक क्रान्तिका योद्धलाई विर्सनु हुन्छ ।

वीपीले लेखेको ‘तीन घुम्ती’मा नारीका तीन रूप प्रेमिकन, पत्नी र आमाको चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टाछुट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरूषसग यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तीनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथालाई वीपीले उजागर गरेका थिए ।
यस्तै, अर्को उपन्यास ‘सुम्निमा’मा दुई भिन्न संस्कृतिको समन्वय, सम्मिश्रण गाथा छ । आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्त्रसम्मत अनुष्ठानअनुसार यौनसम्पर्क राख्छन् । तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरू मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किराँतपुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो । सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप थियो । यसको आलोचना भयो । तर, पात्रलाई बिम्बमा उतारेका वीपीले तत्कालिन समाजको यौन मनोविज्ञानको चर्चा गरेका थिए ।

‘नरेन्द्र दाई’ एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरूषका पत्नी र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धका दुई स्त्रीहरू बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नी गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ–आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नी र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका (दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।

‘मोदिआइन्’ सानो आकारको तर महत्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन् प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वीपीको चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

‘हिटलर र यहुदी’ जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द सृजना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ । हिटलरले गरेको नरसंहार र युद्ध भयंकरता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ ।

‘बाबु, आमा र छोरा’ प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो । यसमा नाम अनुसार नै तीन पात्रहरूको सम्बन्धको चित्रण गरिएको छ । बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा – आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु । यस उपन्यासमा यी तीनवटै पात्रहरूको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । प्रेमको त्रिकोणात्मकतासँगै यौनसमस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ ।

माल्दाजुका अन्य धेरे साहित्यीक कृतिले नेपाली समाजको यौन मनोविज्ञानको उजागरमात्र गरेको थिएन, बन्द समाजभित्र यौन क्रान्तिको लेखकीय स्वतन्त्रतामा मानिसहरूलाई आकर्षण गरेको थियो । ‘कर्णेलको घोडा’ले संभ्रान्त परिवार र समाजको यौन कुन्ठालाई खुलासा गरेको थियो ।
२४ भदौ नेपाली प्रजातन्त्र र स्वतन्त्रताको हकमा निक्कै मनाइएको छ । तर, नेपाली साहित्यमा यो मिति नेपाली समाजका हरेक विषयमाथि लेखकीय क्रान्तिको जन्म पनि थियो । नारी अस्तित्वको पहिचानलाई घोत्लिएर व्याख्या गर्ने जमातका लागि वीपीको जन्म साहित्यको पारिलो घाम सावित भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC