scheduleशनिवार मंसिर ९ गते, २०७४

नुवाकोटमा गुञ्जिए डंगोल

त्रिशूली (नुवाकोट), २५ भदौ । कवि आरएम डंगोलको एकल कवितावाचन शनिबार सदरमुकाम विदुरमा सम्पन्न भएको छ ।

साढे दुई दशकदेखि साहित्य साधनामा सक्रिय डंगोल गृह जिल्लामा पहिलो पटक एकल कविता वाचन लिएर उपस्थित भएका हुन् । विदुर –२ शेरामा जन्मिएका कवि तथा समालोचक डंगोल राजधानीमा प्राध्यापनमा पनि संलग्न छन् ।

त्रिशूली वाङमय प्रतिष्ठान तथा प्रगतिशील लेखक संघ र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘अन्तर’, ‘घर बनाउँदै गर्दा’, ‘घडी समय’, ‘म माझी’, ‘फूलको कम्पन’, ‘जूनको कथा’, ‘पत्थर’, ‘प्रार्थना गीत’, ‘गुनासो’ शीर्षकलगायत दुई दर्जनभन्दा बढी नयाँ पुराना कविता वाचन गरिएको थियो । डङ्गोललाई कविता वाचनमा अन्य कविले समेत सघाएका थिए ।

त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा डा कृष्णप्रसाद घिमिरेले वाचित कवितामाथि समीक्षाका क्रममा डंगोलका कविताले समसामयिक अवस्थाको चिन्तनदेखि मनको कुरालाई बोकेको र डंगोलमा सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्कन सक्ने खुबी भएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC