scheduleशनिवार मंसिर ९ गते, २०७४

सुँगुरका फिला हेर्दै जब उत्तर कोरियाली शासक किम जोङ हाँसे

काठमाडौं, २५ भदौ । संसारका क्रुर शासकमध्ये उत्तर कोरियाका राष्ट्र प्रमूख किम जोङ उनलाई व्याख्या गरिएपनि उनी नहाँसेका तस्बिर निक्कै कम मात्र देख्न सकिन्छ ।

सैनिक शक्तिलाई तिव्रता दिएका किम जोङ एक पटक सैनिक क्याम्पको निरिक्षणमा निस्किएका बेला सैन्य खानाका परिकारको अनुगमनमा देखिएका थिए । त्यसैबेला सेनाका लागि तयार पारिएको सुँगुरका फिला हेरेर किम जोङ मज्जाले हाँसेका थिए ।

आफ्नो देशका २० लाख जनता भोकै बस्नु पर्ने अवस्था आएपनिे सैन्य अभ्यासमै मात्र चासो देखाउने किम देशमा खाद संकटको बादल छाइरहेको प्रति त्यति गम्भिर नभएको अन्तर्राष्ट्रिय समुदायको टिप्पणी छ ।

संयुक्त राष्ट्र संघका अनुसार विश्वकै सबैभन्दा रहस्यमय राष्ट्र उत्तर कोरियामा एकातिर नेता किम जोङ उन सैनिक क्षेत्रको निरीक्षण गर्नमा उत्साहित छन् तर उनका जनता जम्मा ६५० ग्रामे मकै, चामल र मासु मात्र उपलब्ध देशको सिमित खाद्यपदार्थमा गुजारा गरिरहेका छन् । आगामी दिनहरूमा जनताले किमको लापरबाहीको ठूलो मूल्य चुकाउनु पर्ने बताइएको छ ।

यद्यपि, किम रोकिएका छैनन् । उनले जापानको आकाशमाथिबाट क्षेप्यास्त्र परिक्षण गरिसकेका छन् भने हाइड्रोजन हतियारको पनि परिक्षण गरिसकेका छन् । जसका कारण संयुक्त राष्ट्र संघले किमलाई वार्तामा आउन भनिरहेको छ भने अमेरिकाले चेतावनी दिन थालेको छ । एजेन्सी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC