scheduleसोमवार आश्विन ९ गते, २०७४

को हुन् ‘डुब्लिकेट मेस्सी’ ?

एजेन्सी–बार्सिलोना तथा अर्जेन्टिनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वाधिक चर्चित फुटबलर हुन् ।

विभिन्न सेलिब्रिटीहरुको अनुहार मिल्ने व्यक्तिबारे समाचार आइरहँदा मेस्सीको पनि डुब्लिकेट व्यक्ति फेला परेका छन् ।

हाल इरानका डुब्लिकेट मेस्सी सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

रिजा पिरेष्ट्स नाम गरेका यी इरानी मेस्सीलाई देख्ने मानिसहरु सेल्फी लिन ललायित हुन्छन् ।

मेहर न्युज एजेन्सीले उनीसँग भेटघाट गरेको थियो । त्यस समय उनी अर्जेन्टिनाको जर्सी लगाएका थिए ।

उनको कपाल, दारी तथा अनुहार दुरुस्तै मेस्सीको जस्तै रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC