scheduleसोमवार आश्विन ९ गते, २०७४

पशु चिकित्सकको दाबी- हृदयघातका कारण दर्जन बाँदर मरे !

काठमाडौं, २७ भदौ । एक दर्जन बाँदरहरू भारतको जङ्गलमा मृत अवस्थामा फेला परेपछि पशु चिकित्सा विशेषज्ञले तिनीहरूको शरीरलाई पोस्ट मार्टमका लागि लगेको छ । अचानक त्यति धेरै सङ्ख्यामा एकैचोटी बाँदरहरूको मृत्यु भएपछि यससम्बन्धी थप अनुसन्धान गर्न लागिएको हो ।
स्थानीयहरू घटनास्थलमा पुग्ने बित्तिकै उनीहरूले विशेषज्ञलाई खबर गरेका थिए । पहिले त उनीहरू कुनै विषालु पदार्थ सेवन गरेकाले मरेको भन्ने शंका गरिएको थियो । तर पोस्टमार्टम रिपोर्टका अनुसार उनीहरू सबैलाई एकैपटक हृदयघात भएको बताइएको छ ।

वास्तवमा उनीहरू बाघसँग डराएका कारण त्यसरी एकैपटक हृदयघातको शिकार भएको पशु चिकित्सकले बताएका छन् । यो घटनाले अहिले सबै मानिसलाई आश्चर्यमा पारेको छ । बाघहरू बाँदर बस्ने सो क्षेत्रमा हिँडडुल गरिरहने भएकाले डराएर उनीहरू मरेको उनले बताइएको छ ।

वनविभागका कर्मचारीले मरेका बाँदरलाई प्लास्टिकको झोलामा हालेर लगेका थिए । स्थानीयले बताएअनुसार बाघहरू उक्त क्षेत्रमा ठूलो स्वर निकालेर गर्जिरहने गरेको भेटिन्छन् । (डेलीमेल)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC