scheduleशनिवार मंसिर ९ गते, २०७४

यस बाँदरले हार्‍यो आफ्नै सेल्फीको मुद्दा

एजेन्सी । सन् २०११ मा इन्डोनेशियाको जङ्गलमा बाँदरले आफैँ क्यामरा लिएर दाँत देखाउदै सेल्फी खिचेको थियो । उक्त सेल्फी धेरै चर्चित भयो र यसैकारण फोटोग्राफर डेविड स्लेटरले पशु अधिकार समूहसँग कानुनी लडाईं लड्नुपर्‍यो ।

पशु अधिकार समूहले बाँदरले आफैँ खिचेको तस्बिर भएकाले उसलाई पनि यसबाट फाइदा मिल्नुपर्छ भन्ने तर्क पेश गरेको थियो । यसैकारण अमेरिकी अदालतले डेविड स्लेटरलाई यो तस्बिरबाट हुने कमाईको २५ प्रतिशत वन तथा पशु विभागलाई दिनुपर्ने फैसला सुनाएको छ । नारुतो नामक यस बाँदर बस्ने क्षेत्रको सुरक्षा र हेरचाहका लागि सो रकम खर्च गर्नमा पशु अधिकार समूहले पनि सहमति जनाएको छ ।

नारुतोको तर्फबाट जारी गरिएको मुद्दा रद्ध भइसकेपछि अहिले दुवै पक्ष सहमतिमा आएका छन् । तर, स्लेटरले चाहिँ आफूले पनि ती तस्बिरहरुमा मेहेनत गरेको दाबी गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC