scheduleसोमवार आश्विन ९ गते, २०७४

यी ६ वस्तुतर्फ भुलेर पनि खुट्टा नतेर्साउनुस्

काठमाडौ। हिन्दू धर्म अनुसार कुनै-कुनै यस्ता चिजहरु हुन्छन् जसप्रति खुट्टा तेर्साउने हो भने अशुभ हुने विश्वास गरिन्छ । आज हामी त्यस्तै ६ चिजहरुसँग तपाईहरुको परिचय गराउनेछौँ ।

१. देवता
देवतालाई हामीले सधैँ पुज्ने गरेका छौँ । त्यसैले पनि यो कुरा धेरै मानिसहरुलाई थाहा हुन्छ कि भगवान तिर खुट्टा तेर्साउनु भनेको भगवानको अपमान गर्नु हो ।

२. ऋषिमुनि
ऋषिमुनिको उत्पत्ति भगवान् विष्णुको मुखबाट भएको विश्वास गरिन्छ । त्यसैले उनीहरुप्रति पनि खुट्टा तेर्साउनु हुँदैन ।

३. गाई
विभिन्न ग्रन्थका अनुसार गाईमा पनि माता लक्ष्मीको वास हुने भएकाले उनीहरुलाई खुट्टा लगाउनु हुँदैन । देवताको वास हुने भएकाले हाम्रो धर्ममा गाईलाई पूजा समेत गरिन्छ ।

४. अग्नी
अग्नीलाई देवताहरुको मुख मानिने गरिन्छ । यसैकारण आगो बलिरहेको स्थानमा पनि हामीले खुट्टा फर्काउनु हुँदैन ।

५. सूर्य
सूर्यलाई पञ्चदेवता मध्येका एक मानिने हुनाले पनि सूर्यको पूजा गरिन्छ । त्यसैले सूर्यतर्फ खुट्टा फर्काउनु पनि राम्रो मानिदैन ।

६. चन्द्रमा
चन्द्रमालाई वनस्पतिहरुको भगवान् मानिन्छ । त्यसैले चन्द्रमातर्फ खुट्टा देखाउनु पनि राम्रो मानिँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC