scheduleशनिवार मंसिर ९ गते, २०७४

च्याम्पियन्स लिगः लियोनल मेस्सीको दबदबा, बार्सिलोनाको सानदार जित

एजेन्सी, २८ भदौ । यस सिजनको च्याम्पियन्स लिग सुरु भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको छ ।

गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना युभेन्टससँग ३-० गोलले नै पराजित भएको थियो । घरेलु मैदान क्याम्प नउमा भएको खेलमा सानदार सुरुवात गरेको बार्सिलोनाले बदला लिन सफल भएको छ ।

बार्सिलोनाका लागि पुन एकपकट नायक साबित बने लियोनल मेस्सी । उनले खेलको ४५ औ र ६९ औ मिनेटमा गोल गरे । त्यस्तै उनकै पासमा इभान राकिटिकले ५६ औ मिनेटमा गोल गरे ।

त्यस्तै यसै समुहको अर्को खेलमा ओलम्पियाकोस स्टोटिङ सिपीसँग ३-२ गोलले पराजित भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC