scheduleसोमवार आश्विन ९ गते, २०७४

च्याम्पियन्स लिगमा चेल्सीले गर्‍यो गोलको वर्षा, म्यानुको पनि सानदार जित

एजेन्सी, २८ भदौ । प्रिमियर लिग क्लबहरु चेल्सी र म्यानचेस्टर युनाइटेडले पनि च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेका छन् । चेल्सीले कासाबागमाथि ६ गोलको जित हात पारेको छ ।

गएको सिजन च्याम्पियन्स लिग खेल्न नपाएको चेल्सीले सानदार कमव्याक गरेको हो । चेल्सीका लागि पेद्रो रोद्रिगेज, जापाकोस्टा, सेजर एजपिलिक्युटा, बकायोको, मिची र माक्सिमले एकएक गोल गरेका थिए ।

त्यस्तै म्यानुले पनि बलियो प्रतिस्पर्धी मानिएको बासेललाई ३-० गोलले पराजित गरेको छ । म्यानुको घरेलु मैदानमा भएको खेलमा फेललेनलीले गोल गर्दै म्यानुलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि म्यानु निकै बलियो देखियो । म्यानुकालागि लुकाकु र मार्कस र्यासफोर्डले एकएक गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC