scheduleसोमवार आश्विन ९ गते, २०७४

चिया पिउनुका यस्ता छन् फाइदाहरु

काठमाडौ, २८ भदौ ।  ८ लाख मानिसमा गरिएको बृहत् अध्ययनमा चिया खाने व्यक्तिको कलेजोमा क्यान्सर, कलेजोसँग सम्बन्धित अन्य रोग लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

अर्थात् चियाले कलेजोलाई सशक्त बनाउँछ ।दिनको दुई/तीन कप चियाको नियमित सेवनले डिप्रेसनबाट जोगाउँछ । सन् २०१५ मा बेलायतका २३ हजार मानिसमा गरिएको एक अध्ययनमा दैनिक तीन कप चिया खाने मानिसमा २३ प्रतिशतले डिप्रेसनको खतरा घटेको थियो ।

चियाले हृदयघात र मुटुसँग सम्बन्धित समस्याबाट मुक्त गर्छ । अध्ययनअनुसार दिनमा कम्तीमा तीन कप चिया खाने मानिसमा दैनिक १ कप चिया खाने मानिसलाई भन्दा हृदयघातको खतरा धेरै नै न्यून हुन्छ ।

चियाबारे गरिएको अर्को एक अध्ययनमा दैनिक थप दुई कप चिया खाने मानिसमा डायबिटिजको मात्र ४ दशमलब ६ प्रतिशतले घट्ने गर्छ । अध्ययनअनुसार ग्रिन टी खाने महिलामा पाठेघरको क्यान्सरको खतरा न्यून हुन्छ । सन् २०११ मा गरिएको अध्ययनले कालो चियाभन्दा ग्रिन टी खाने मानिसमा प्रोस्टेट क्यान्सर हुँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC