scheduleशुक्रवार मंसिर ८ गते, २०७४

शाहरुख खान र रणवीर कपुरले करण जोहरको फिल्ममा काम गर्ने

बलिउड । शाहरुख खान र रणवीर कपुरलाई लिएर करण जोहरले फिल्म बनाउने भएका छन् । लामो समयदेखि स्क्रिप्टमा काम गरिरहेका करणले अब भने स्क्रिप्ट तयार भएको जानकारी दिएका छन् ।

 

शाहरुख र रणवीरलाई सगै फिल्ममा काम गराउन समेत करणले मनाउन सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यी दुई अभिनेतासँग करणको राम्रो सम्बन्ध रहेको छ । शाहरुखका लागि करणले बोलेका छन् कि शाहरुख बिना फिल्म बनाउने कल्पना समेत उनी गर्न सक्दैनन् । उनले भनेका छन्,‘स्टुडेन्ट अफ दि इयर’ मा मैले शाहरुख बेगर फिल्म बनाएको थिए । यसमा उसलाई राख्ने ठाउँ नै देखिएन जुन कुरा उसले पनि बुझेको थियो ।’

यस पश्चात भने ऐ दिल है मुस्किलमा रणवीर कपुरको साथ शाहरुख देखिएका थिए ।

उनले यी दुई अभिनेतालाई लिएर बनाउन लागेको फिल्म रोमान्टिक हुने जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC