scheduleशनिवार मंसिर ९ गते, २०७४

यस्ता अचम्मको विशेषताका साथ सार्वजनिक भयो ‘आइफोन ८’

काठमाडाैं, भदाै २८ । एप्पलले नयाँ आइफोनको पहिलो झलक बजारमा प्रस्तुत गरेसँगै यसले धेरै चर्चा बटुलिसकेको छ । अन्य स्मार्टफोन भन्दा पूर्णरुपमा भिन्न फिचरका साथ सार्वजनिक भएको एप्पलको ‘आइफोन ८’ लाई लिएर धेरै मानिसहरु उत्साहित छन् ।

यो नयाँ आइफोन ८ मा होम बटन छैन र फेस आइडी फिचर रहेको छ । यसको मतलब अब तपाईले आइफोन खोल्दा कुनै पासवर्ड थिचिरहनु पर्दैन । केवल आफ्नो अनुहार देखाएर मात्रै पनि फोन अनलक गर्न सकिन्छ । यो फोनको माथिपट्टी इन्फ्रारेड क्यामरा जडान गरिएको हुँदा यसले अँध्यारोमा समेत प्रयोगकर्ताको अनुहार पहिचान गर्न सक्छ । यसअघिको आइफोनमा फिङ्गर प्रिन्ट अनलकिङ सिस्टम रहेको थियो । यसका साथै यो फोनमा वायरलेस चार्जरको फिचर समेत रहेको छ । वायरलेस चार्जिङ भएकाले यसलाई चार्ज गर्दा कुनै पनि तारमा जोडिरहनु पर्दैन र झन्झटरहित तरिकाले चार्ज गर्न सकिन्छ ।

आइफोन ८ एप्पलको अहिलेसम्मको सबैभन्दा महङ्गो फोन हो जसको मूल्य १,१४९ अमेरिकन डलर रहेको बताइएको छ । आगामी नोभेम्बर देखि यो फोन बजारमा खरिद गर्नका लागि उपल्ब्ध गराइने बताइएको छ ।

आइफोन ८ को दुवै तर्फ ग्लास कभर हुनेछ जुन अहिलेसम्मको सबैभन्दा बलियो ग्लास हुने बताइएको छ । यसलाई पानी र धुलोले समेत केही असर पार्ने छैन । यसका साथै यसमा नयाँ किसिमको मोसनल इमोजीको फिचर समेत रहेको छ । यसबाट हामीले जसरी फेसियल एक्सप्रेसन देखाउछौँ फोनमा भएका इमोजीले पनि हाम्रै एक्सप्रेसनलाई दोहोर्‍याउने छन् । जस्तै हामीले टाउको हल्लायौँ भने इमोजीले पनि टाउको हल्लाउनेछ । ५.८ इन्चको डिसप्ले भएको आइफोन ८ मा आइफोन ७ को भन्दा दुई घन्टा बढी ब्याट्री टिक्ने क्षमता रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC