scheduleशनिवार मंसिर ९ गते, २०७४

यी हुन् संसारकै सबैभन्दा लामो खुट्टा भएकी मोडल (फोटोसहित)

काठमाडौं । तपाईले देख्नुभएको होला केही मानिसहरुको उचाई धेरै नै हुने गर्छ । अग्ला मानिसहरुको शरीरका अन्य अंगहरुको लम्बाईपनि सोही अनुपातमा हुन्छ । तर, आज हामी तपाईलाई एक यस्तो मोडलबारे जानकारी दिन गइरहेका छौं जसको खुट्टा संसारकै सबैभन्दा लामो छ ।

रुसकी २९ वर्षीया एकातेरिना लिसिनाको खुट्टा सबैभन्दा लामो भएका कारण उनले गिनिज बुकमा नाम समेत लेखाइसकेकी छन् । उनको खुट्टाको लम्बाई १.३२ मिटर छ । लिसिनाका अनुसार उनको खुट्टाको लम्बाईका कारण स्कुलमा हैरानी भोग्नु परेको थियो । र, उनी यस्ता व्यक्तिको लागि प्रेरणाको बन्न चाहन्थिन् जोसँग आत्मविश्वासको अभाव हुन्छ ।

लिसिनालाई आफ्नो साइजको ट्राउजर खोज्न निकै गाह्रो पर्‍थ्यो । उनलाई विमान तथा कारमा बस्न समस्या हुन्थ्यो । उनलाई ४७ नम्बर साइजको जुत्ता चाहिने भएकाले जुत्ता पाउन पनि मुश्किल हुन्थ्यो । तर, खुट्टाको लम्बाई सबैभन्दा लामो हुँदा फाइदा पनि लिएकी छन् उनले । सोही कारण उनले बास्केटबल करियरमा सफल भइन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा उनले रुसका लागि कास्य पदक जितिन् ।

उनले विगत एक वर्षदेखि मोडलिङ गर्न थालेकी छन् । विश्वको सबैभन्दा लामो खुट्टाको किर्तिमान यसअघि स्वेतलाना प्यांकरातोवाको नाममा थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC