scheduleशुक्रवार मंसिर ८ गते, २०७४

सुरज थापा र मेनुका पौडेलले ‘लिली बिली’बाट गायनमा डेब्यू गर्ने

काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका सुरज थापा र मेनुका पौडेलले नेपाली चलचित्रको गीतका लागि स्वर दिने भएका छन् ।

मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘लिली बिली’को गीतमा सुरज थापा र मेनुका पौडेलले स्वर दिन लागेका हुन् । मंगलबार राजधानीमा फिल्म यूनिटले पत्रकार सम्मेलनमार्फत सोबारे जानकारी गराएको हो ।

सुरजले भावमा डुबेर गीत गाउन सक्ने भन्दै दर्शकले ‘फिलिङ्स किङ’ समेत भन्ने गर्थे भने मेनुकाको स्वरमा मिठास भएकाले उनलाई ‘कोइली’ उपनाम दिइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC