scheduleशुक्रवार मंसिर ८ गते, २०७४

पत्नीसँग सानो झुट बोल्दा यसरी फसे पति

सांकेतिक तस्वीर

एजेन्सी । चीनको बेइजिङमा रहेको हांगझाउ शहरमा एक व्यक्तिले आफ्नी पत्नीसँग सानो झुट बोलेकोमा ठूलो मूल्य चुकाउनु परेको हो । वास्विक कुरा अगाडि आएपछि ती व्यक्तिले पुलिसको समेत सामना गर्नुपरेको हो ।

वास्तवमा ती व्यक्ति काम गर्ने कार्यालयमा उनले यस महिनाको तलब पाएका रहेनछन् । धेरै दिन बित्दा समेत तलब नआएपछि उनकी पत्नी निकै चिन्तित भइन् । पत्नीले उनलाई तलब थाप्नासाथै घरका लागि सरसामान र आफ्ना लागि पनि केही वस्तुहरु खरिद गर्ने योजना बनाएको बताएकी थिइन् । तरपनि आफूलाई तलब नदिइएपछि उनले ख्यालख्यालमा पत्नीलाई बाटोमा घर आउँदाआउँदै केही लुटेराहरु मिलेर आफूलाई लुटेको भनि झुटो घटना सुनाए । तर पत्नी यो कुराले चुप लागेर बस्न सकिनन् ।

उनले पतिलाई खबर नगरीकनै पुलिसमा रिपोर्ट लेखाइन् । पुलिसले बाटोभरिको सबै सिसिटिभी फुटेजको जाँच गर्यो तर कहिँ कतै लुटपाट भएको फेला पारेन । त्यसपछि उनीहरुलाई थाहा भयो कि उनले लुटपाटका बारेमा झुट बोलेका रहेछन् । यसका लागि पुलिसले उनलाई झुटो रिर्पोट लेखाएको भन्दै १० दिनसम्म जेलमा हाल्यो र ५०० युआन जरिमाना समेत तिर्न लगायो । यसरी पत्नीसँग एउटा सानो झुट बोल्दा उनी जेल सम्म पुगे र अहिले आफ्नो लापरबाहीका लागि पछुताइरहेको उनले बताएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC