scheduleसोमवार आश्विन ९ गते, २०७४

प्रचण्डले भने- कोशी उच्च बाँधले नेपालीको हित गर्दैन

फाइल फोटो

सप्तरी, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी उच्च बाँधले नेपालीको हित नगर्ने बताएका छन् ।

बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले बिना अध्ययन कोशी उच्च बाँधका लागि विस्तृत अध्ययन जरुरी हुने उल्लेख गर्दै उक्त कार्यलाई आफूहरुले समर्थन नगर्ने बताए ।

हिजो मात्र प्रधानमन्त्री देउवाले कोशी उच्च बाँध निर्माण गरेर बाढीको समस्या अन्त्य गर्ने बताएका थिए तर प्रचण्डले प्रधानमन्त्री देउवाको भनाईलाई खण्डन गरेका छन् ।

उनले सप्तरीको राजविराज शहर पछि परेको भन्दै सुन्दर र नमुना बनाउन सकिने विचार व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC