scheduleशुक्रवार मंसिर ८ गते, २०७४

किन खाली राखिन्छ उत्तर कोरियाको यो सुन्दर शहर ?

एजेन्सी । दक्षिण कोरियाबाट देखिने उत्तर कोरियाको सिमानामा एउटा सुन्दर शहर छ जहाँ विद्यालयदेखि लिएर अस्पताल पनि छन् । टाढाबाट हेर्दा त्यो शहरमा खुशीयाली छाएको जस्तो देखिन्छ । दुई माइलसम्म फैलिएको सो शहर हेर्ने जोकोही पनि पहिला त भ्रममा पर्न जान्छ किनकी त्यस सुन्दर देखिने शहरमा कोही मान्छे बस्दैनन् । भनिएको छ कि १९५३ मा बनाइएको यो शहर दक्षिण कोरियालाई मूर्ख बनाउने र लोभ्याउने उद्देश्यले बनाइएको थियो ।

नजिकबाट हेर्दा कोही मानिस नदेखिएपनि रातको समयमा भने यो शहर झिलिमिली हुने गरेको छ । त्यहाँका सम्पूर्ण भवनहरुमा बनाइएका झ्यालमा सिसा समेत हालिएको छैन तरपनि रातिको समयमा त्यहाँ अटोमेटिक लाइट सिस्टम हालिएकोले त्यसरी बत्ती बल्ने गरेको मानिसहरुको अनुमान छ । बिहान भएपछि ती बत्तीहरु आफैँ बन्द हुन्छन् जसले प्रमाणित गर्छ कि त्यो शहर केबल मानिसलाई भ्रममा पार्नका लागि मात्र बनाइएको हो । त्यहाँ काम गर्ने दुई-तीन जना कामदारबाहेक कहिल्यै कोही मानिस देखा नपरेको दक्षिण कोरियालीहरुले बताएका हुन् । प्राचीन समयमा पनि उक्त शहर हतियार संकलनका लागि रातारात निर्माण गरिएको बताइन्छ । त्यस समयमा युद्धका बेलामा त्यस शान्ति शहरलाई मैदानका रुपमा प्रयोग गर्ने गरिएको पनि बताइएको छ ।

त्यस शहरको ठीक विपरित दिशामा चाहिँ दक्षिण कोरिया रहेको छ जहाँ एउटा ३ सय २१ फिट अग्लो पोल रहेको छ । उक्त पोल दक्षिण कोरियाले उत्तर कोरियाको विरोध गर्नका लागि बनाएको थियो जसको जवाफ स्वरुप केही दिनमै उसले पनि ५२५ फिटको त्यस्तै पोल बनाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC