scheduleसोमवार आश्विन ९ गते, २०७४

आचारसंहिता उल्लंघन नियन्त्रण गर्न सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रमुख निर्वाचन आयुक्त

फाइल फोटो

काठमाडौँ, २८ भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघनका घटना नियन्त्रण गर्न सम्पूर्ण संयन्त्र परिचालन भइरहेको बताएका  छन् ।

स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षक समिति र राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका पदाधिकारीसँगको छलफलमा उनले भने, ‘हामीकहाँ राजनीतिक संस्कारको अभाव छ, प्रजातान्त्रिक संस्कार नै छैन ।’

‘राजनीतिक दल र उम्मेदवारलाई दिनहूँ जसो चेतावनी दिएपनि, जति भनेपनि आचारसंहिताको पालनाका विषयमा प्रश्न उठिरहेको छ, स्वच्छ र स्वतन्त्र निर्वाचनका लागि सम्पूर्ण वातावरण बनाएर जानुपर्दछ, त्यसका लागि सक्दो प्रयास गरिरहेका छौँ’– प्रमुख निर्वाचन आयुक्त डा यादवले भने ।

उनका अनुसार आयोगबाट अहिलेसम्म पार्टीका उच्चस्तरका नेतालाई समेत गरी ३०/४० वटा स्पष्टीकरण सोध्ने र निर्देशन दिने काम भइसकेको छ । उनले भने,’आचारसंहिताको पालनाको विषयलाई आवश्यक रुपमा राजनीतिक दल र उम्मेदवारले मानिराख्नु भएको छैन, यद्यपि आयोगले पटकपटक खबरदारी गर्दै आएको छ ।’

पाँच वर्षको बालिकालाई रंगीचङ्गी बनाएर प्रधानमन्त्री सरिक भएको कार्यक्रममा अग्रभागमा राखिनु त्यो भन्दा बढी आचारसंहिताको उल्लंघन के हुन सक्छ भन्ने प्रश्न गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले यस्ता कुराले राजनीति र प्रजातन्त्रको अपमान हुने तर्फ सबैपक्षले हेक्का  गर्नुपर्ने बताए ।

‘निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने राजनीतिक दल र उम्मेदवारलाई बहिष्कार गर्ने कार्यमा निर्वाचन पर्यवेक्षक संस्थाले भूमिका खेल्न सक्नुपर्छ,’ उनले भने – ‘आयोगको निर्वाचन आचारसंहिताको परिधिभित्र राजनीतिक दल र उम्मेदवार बस्नुपर्छ भन्ने अभियानलाई सहयोग पुर्‍याउन म सबैसँग आग्रह गर्छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC