scheduleसोमवार कार्तिक ६ गते, २०७४

पूर्वराजा ज्ञानेन्द्रले यसपालि आफ्नो परिवारलाई मात्रै टिका लगाउने

काठमाडौं, ७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् ।

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।

ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC