scheduleसोमवार कार्तिक ६ गते, २०७४

१०५ तहको नतिजा आउँदा काँग्रेस पहिलो, माओवादी तेस्रो स्थानमा; कसले कति जिते ?

काठमाडौं, ७ असोज । तेस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको मतगणना भइरहेको छ । हालसम्मको मतपरिणामलाई नियाल्दा नेपाली काँग्रेस शीर्षस्थानमा छ भने संघीय समाजवादी फोरम दोस्रो स्थानमा उक्लिएको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहँदा नेकपा एमाले भने पाँचौं स्थानमा यथावत छ ।

पछिल्लो मत परिणामअनुसार काँग्रेसले ३२ स्थानमा विजय हासिल गरेको छ भने ८ स्थानमा अग्रता लिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले २० स्थानमा जीत दर्ता गर्दा ५ स्थानमा अग्रता कायम राखेको छ । उता, माओवादी केन्द्रले १९ स्थानीय तहमा जितेको छ भने ५ स्थानीय तहमा अग्रता लिएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)ले १७ स्थानमा जितिसकेको छ भने ५ स्थानमा अग्रता कायम राखेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा पहिलो बनेको एमाले दुई नम्बर प्रदेशमा कमजोर बनेको छ । एमालेले हालसम्म १२ स्थानीय तहमा जितेको छ भने ७ तहमा अग्रता लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC