scheduleबिहिवार मंसिर २८ गते, २०७४

विश्व प्रसिद्ध संगीत प्रतियोगितामा बस्ताकोटीलाई सफलता

टोरन्टो (क्यानडा), २६ कात्तिक । क्यानाडाको टोरन्टोमा साउन्ड सुप्रिमेसी इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको ब्याटल अफ द बिट मेकर्स संगीत प्रतियोगितामा नेपाली मूलका एक युवाले सफलता प्राप्त गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलाइना निवासी १७ वर्षीय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस)लाई एकपछि अर्को सफलता मिलेको हो । पहिलो चरणमा विश्वभरीका ६४ म्युजिक कम्पोजरसँगै छनोटमा परेका अभिले नोभेम्बर १० मा भएको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ठ ३२ मा पर्न सफल भएका थिए । पछिल्लो प्रतिस्पर्धामा उनी ३२ बाट ८ जनामा पर्न सफल भएका छन् ।  प्रत्येक प्रतियोगीहरूले प्रतिस्पर्धामा आफ्ना तीनवटा सांगीतिक प्रस्तुति दिएका थिए । तिनै प्रस्तुतिका आधारमा संगीतका विश्व प्रसिद्ध तीनजना विशेषज्ञको टोलीले ८ जना उत्कृष्ट प्रतिस्पर्धीहरूलाइ छनोट गरेका हुन् ।

विगतमा यस प्रतियोगिताबाट छनोट भएका प्रतिभाहरुले विश्वविख्यात ग्राम्मी अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्डलगायतका अवार्डहरु जितेको इतिहास छ । यस वर्ष पनि संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिकालगायत विश्वका विभिन्न मुलुकका म्युजिक कम्पोजरहरु भिड्दै छन् ।

८ जना भित्र छनौटमा परेपछि अभि बस्ताकोटीले विश्वभरका उत्कृष्ठ म्युजिक कम्पोजरहरूसँग प्रतिस्पर्धा गर्न पाउनु आफ्नो सौभाग्य भएको र बाँकी प्रतिस्पर्धामा पनि आफु मिहिनेतका साथ प्रस्तुत हुने बताएका छन् ।

यो अवसर आफुलाई प्रतिभा देखाउने र नेटवर्क बढाउने राम्रो अवसर भएको उनको बुझाई छ । उमेर नपुगेका कारण आफ्ना अभिभावकले वेभर फर्ममा स्वीकृति दिएर मात्र प्रतियोगितामा सामेल भएका उनी सम्भवत सबभन्दा कम उमेरका र नेपाली मूलका पहिलो र एक मात्र प्रतिस्पर्धी हुन् । उपाधी जित्नका लागि उनी नोभेम्बर ११ बेलुका टोरन्टोमा थप सांगीतिक प्रस्तुतिका साथ भिड्दै छन् ।

प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुने म्युजिक कम्पोजरले पाँच हजार अमेरिकी डलरको नगद पुरस्कार, लस एन्जल्सस्थित स्टुडियोमा मल्टी प्लटिनम सेलिङ्ग प्रोड्युसर वोंडागल (WondaGurl) सँग काम गर्ने अवसर पाउनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL