scheduleबिहिवार मंसिर २८ गते, २०७४

मंसिर १० र २१ गते सार्वजनिक बिदा

फाइल फोटो

काठमाडौं, ८ मंसिर । यही मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लामा मंसिर १० गते र बाँकी ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोही दिन जिल्लाका सरकारी कार्यालय, अर्धसरकारी कार्यालय, शैक्षिक संस्थान तथा सार्वजनिक संस्थानहरु बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

आज गृह मन्त्रालयले एक सुचना प्रकाशित गरी यसबारे जानकारी दिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL