scheduleबिहिवार मंसिर २८ गते, २०७४

मदन भण्डारीको स्याल र वीपी कोइरालाको टाउको !

पूजा गौतम

‘एउटा बोको पाल्नु र हात्ती पाल्नुमा विल्कुल फरक हुन्छ । बोकोलाई थोरै घाँसले पुग्छ, हात्तीलाई धेरै चाहिन्छ । हामी हात्ती पाल्न तयार छौं । तर, यो मुलुकमा सामन्ती, साम्राज्यवादी र विस्तारवादीको हस्तक्षेप हुन भएन । त्यस्तो प्रजातन्त्र हामी नेपाली जनता चहान्छौं ।’

जननेता मदन भण्डारी राजसंस्थाप्रति लोयल थिए । तर, उनी कहिले पनि भारतप्रति लोयल भएनन् । त्यसकारण उनको हत्या भयो ।

जसले हत्यामा सहयोग गरे, उनीहरू भारतका श्रीआदेशमा आज एमालेका हर्ताकर्ता होलान् । कांग्रेसका महामानव वीपी राजासँग मिल्न तयार थिए तर भारतीय विस्तारवादी चरित्रलाई स्वीकार गरेनन् । गणतन्त्र मागेर राजा हटाउन तयार भए तर भारतीय विस्तारवादले उनलाई गणतन्त्रको बदला देश माग्यो । उनले राजासँग टाउको जोड्न सकिन्छ देश र जनताको सार्वभौमिकता वेच्न सकिँदैन भनेर राजाको काराबास स्वीकारे । माओवादीबारे अहिले टिप्पणी गर्ने बेला भएको छैन । झोला बोक्ने मोहन विक्रम, आँखा सुमसुम्याउने मोहन वैद्य, नयाँ भन्ने बाबुराम, शोकमा रहेका प्रचण्डलाई सोधौंला ।

जतिबेला नेपालमा प्रजातन्त्र, गणतन्त्रका आवाज उठेका थिए त्यसबेला भारतको कुनै ठाउँमा जन्मिएका राजेन्द्र महतो, डिम्बमा समेत परिकल्पना नगरिएको सीके राउत, भर्खर भविष्य खोज्दै गरेको किशोर महन्थ ठाकुर, कट्टु तान्दै हिँड्दै गरेका उपेन्द्र यादवको के कुरा गर्नु जो विहारका मुख्यमन्त्रीसामु सिगान चुहाउँछन्

चीनलाई सार्कमा ल्याउनुपर्छ भन्दा र जनतामाथि शासनको शैली व्यवस्थित गर्न नसकेका, परोक्ष रूपमा दाजुको हत्या गरेको भन्ने हल्ला (अप्रमाणित)को आरोप खेपेर पनि जनता मार्न सक्दिन भनेर सत्ता त्यागी देश छाड्दीन बरु यहिँ मर्छु भन्ने राजा ज्ञानेन्द्र एकातिर छन् । जतिबेला नेपालमा प्रजातन्त्र, गणतन्त्रका आवाज उठेका थिए त्यसबेला भारतको कुनै ठाउँमा जन्मिएका राजेन्द्र महतो, डिम्बमा समेत परिकल्पना नगरिएको सीके राउत, भर्खर भविष्य खोज्दै गरेको किशोर महन्थ ठाकुर, कट्टु तान्दै हिँड्दै गरेका उपेन्द्र यादवको के कुरा गर्नु जो विहारका मुख्यमन्त्रीसामु सिगान चुहाउँछन् ।

राजदूतमार्फत मधेसका नाममा त्यसको इतिहाँस नामेट गर्ने कोशिशमा छन्, वास्तवमा राष्ट्रको समग्र सम्झौता यीनिहरूसँग हुन सक्तैन । यी मोहरा हुन् । पटक–पटक सत्तामा पुग्नका लागि मोदीसँग चाबी माग्ने वीपी, मदनका आदर्शका हिमायती भन्ने कथित नेता चुन्ने कि राष्ट्र जोगाऔं भन्ने शक्ति ? गगनहरू वीपीका चेला होइनन्, अहिलेका स्वार्थीहरूको प्रशिक्षणमा घैंटो भरेकाहरू हुन् ।

स्ता लोभीपापीको के कुरा गर्नु जोसँग नैतिकताको कुनै अर्थ छैन । लामो समय विदेशीको सेवा गरी देशका नाममा प्रापोगान्डा गर्ने अमेरिकी र बेलायती डलर र पाउन्डका व्याज खानेसँग केही आशा गर्न सकिन्छ । तर भर पर्न सकिन्न । जो आफैंसँग विचलित छ, त्यसलाई के भर पर्ने ? यसकारण म भन्छु– मलाई त नो भोट नै मनपर्छ । अन्यथा राष्ट्रसँग नझुक्ने उही व्यवस्था जसका हरेक प्रस्ताव भारतका कारणले विश्वमा सूचीकृत हुन पाएन

राजाको नाम बेचेर, धर्मको नाम बेचेर सत्ताको स्वाद चाख्ने र राजाले गोली नठोक्नु भन्दाभन्दै १९ जना मार्ने कमल थापाहरूको अवसरवाद राजाको नेतृत्व, प्रचण्ड, केपी र शेरबहादुरसम्मको सरकारमा देखियो । यस्ता लोभीपापीको के कुरा गर्नु जोसँग नैतिकताको कुनै अर्थ छैन । लामो समय विदेशीको सेवा गरी देशका नाममा प्रापोगान्डा गर्ने अमेरिकी र बेलायती डलर र पाउन्डका व्याज खानेसँग केही आशा गर्न सकिन्छ । तर भर पर्न सकिन्न । जो आफैंसँग विचलित छ, त्यसलाई के भर पर्ने ? यसकारण म भन्छु– मलाई त नो भोट नै मनपर्छ । अन्यथा राष्ट्रसँग नझुक्ने उही व्यवस्था जसका हरेक प्रस्ताव भारतका कारणले विश्वमा सूचीकृत हुन पाएन । न शान्तिक्षेत्र, न सार्कमा विश्वशक्ति चीनको सहभागीता, न धर्मक्षेत्र । राष्ट्रवाद भाषणमा होइन, आफैंले थापेको धरापको अप्ठेरोमा होइन, मनमा, मुटका हरेक कणमा हुनुपर्छ ।

राष्ट्रवादी नेताले बोल्ने हरेक शव्दमा अर्थ लुकेको हुन्छ । मदनले जहिले नि भारतीय दलाललाई स्यालको संज्ञा दिए । किन ? लामा खुट्टा भएको स्यालले मौकामा कमजोर भएको जनावरको शिकार गर्दछ । स्यालले र्मिर्मिरे विहान र गोधुली साँझमा आफ्नो सक्रियता देखाउँछ । यसकारण नेपालमाथि ००७ सालदेखि भएका राजनीतिक आक्रमण स्याल शैलीमा भएका थिए ।

मदनले वीपीको समाजवाद र गणतन्त्रको राजनीतिक अध्ययन र व्यवाहार देखेकै कारणले पनि कम्युनिष्ट आन्दोलनको जग खन्दैगर्दा राजालाई किनारामा राखेर जनतालाई सम्पन्न गराउने प्रस्ताव अघि सारेका थिए । त्यसैको आधारविन्दु थियो जनताको बहुदलीय जनवादको परिकल्पना । कम्युनिष्टहरू बहुदल र बहुलवाद अस्वीकार गर्दा मदनले ल्याएको यो प्रस्ताव कम्युनिष्ट शासनका लागि मात्र नभएर भारतीय हस्तक्षेपबाट मुलुकलाई जोगाउन सवै विचारधाराको एकमतको प्रस्तावना थियो । तर, के भयो ? मदनलाई त्रिशुलीमा खसाइयो ।

यस्ता मुलुक वेच्नसक्ने संविधान जारी गर्ने तमाम ९० प्रतिशत जनताको नामधारी राजनीतिक दल, मधेसको नाममा शरण माग्ने सम्प्रदायको नेतृत्वगर्ने दलहरूमा नयाँ वीपी र नयाँ मदनको संस्करण अब कहिले देखिनेछैन । किनभने यो पुस्ताका युवा नेताको राजनीतिक हैसियत पनि तिनका नेताको छहारीभन्दा बाहिर निस्कन नसकेको प्रमाणित भइसकेको छ

त्यसअघि नै विस्तारवादी नीतिले मुलुकमा वीपीका पालामा जरा गाडेको थियो । स्वतन्त्र अस्तित्व भएपनि नेपालमा स्वतन्त्रता संग्रामको प्रभाव बलियो भएपछि ढलेको राणाको विरासतपछि प्रजातन्त्र आयो । तर त्यो प्रजातन्त्रसँगै संविधानसभा र गणतन्त्रको मुद्दा वीपीले उठाएका थिए । जसरी भारतबाट राजा रजौटा एउटै आन्दोलनमा विस्थापित हुँदै थिए, वीपीले पनि त्यो प्रकारको आन्दोलनलाई अघि बढाउन खोजेका हुन् । तर भारतले त्यसमा सहयोगको बदला नेपाललाई सिक्किमको एउटा प्रारूपमा ढाल्न प्रस्ताव गरेका कारण वीपीले राजासँग टाउको जोड्ने भनेका थिए ।

तर, यतिबेलाका राजनीतिक दलहरू र तिनका नेताले मुलुकका सवै अस्तित्वलाई संकटमा पारिसकेका छन् । नेपालको संविधान नै वैधानिक विखण्डनको धारा राखेर अघि बढेको प्रमाण फेला परिसकेको छ । जनसमाजवादी दलका अध्यक्ष सुवासराज काफ्लेले धारा ८२ र १७४ को खतरनाक विषयबस्तुलाई अघि सारेर यो छर्लङ्ग पारेका छन् की मुलुक विखण्डनका लागि रणनीतिक प्रयोग गरिसकिएको छ ।

यस्ता मुलुक वेच्नसक्ने संविधान जारी गर्ने तमाम ९० प्रतिशत जनताको नामधारी राजनीतिक दल, मधेसको नाममा शरण माग्ने सम्प्रदायको नेतृत्वगर्ने दलहरूमा नयाँ वीपी र नयाँ मदनको संस्करण अब कहिले देखिनेछैन । किनभने यो पुस्ताका युवा नेताको राजनीतिक हैसियत पनि तिनका नेताको छहारीभन्दा बाहिर निस्कन नसकेको प्रमाणित भइसकेको छ । बरु, उनीहरू त्यहि मार्गमा चले । जसले परिवर्तनको स्वर दिनचाहे तिनको राजनीतिक जीवन नै ध्वस्त बनाइयो । खासगरी स्व. नेता कृष्णप्रसाद भट्टराई, किर्तिनिधि विष्ट लगायतको जीवन हेरेरै परिवर्तनकामीलाई पाखा लगाउने विस्तारवादीका कति दलालहरू छन् भन्ने प्रमाणित भइसकेको छ ।

त्यसो भए के गर्ने ? यहि प्रश्नमा हामी रूमल्लिनेछौं । यसर्थ सामाजिक सञ्जाल, विश्वभर रहेको देशप्रेमी, असली राष्ट्रवादी शक्ति र जनस्तरमा सुलसुलेझैं मुलुक बचाउने अभियानमा सक्रिय बनौं । यो निर्वाचनले मात्र मुलुक स्थिर हुन्छ भन्ने भ्रम नपालौं, जबसम्म प्रत्येक निर्वाचनको प्रतिस्पर्धामा दलालहरूको बहुमत हुँदैन तबसम्म निर्वानको औचित्य हुँदैन । निर्वाचनले अनुमोदन गर्ने पनि प्रमूख भनिने दलका तिनै विस्तारवादीका बहुमत भतुवाहरू नै हुनेछन् चाहे ति कांग्रेस, एमाले, माओवादी, राप्रपा वा मधेसवादीका नाममा आउन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL