scheduleबिहिवार मंसिर २८ गते, २०७४

घाइते गगनले भने- गरिबको देशको मन्त्री होइन, सम्पन्न देशको नागरिक बन्न चाहन्छु (भिडियोसहित)

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य उम्देवार गगन थापाले आफू गरिब देशको मन्त्री होइन, सम्पन्न देशको नागरिक बन्न चाहेको बताए ।

अस्पतालबाट डिस्चार्ज भएपछि चुनावसभामा सम्बोधन गर्दै थापाले स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्ने सबैलाई सम्मान व्यक्त गरेका छन् । उनले सुरक्षा स्थिति कमजोर भएकोप्रति कांग्रेस नेतृत्व सरकारको आलोचना गरे ।

यस्तो छ उनको सम्बोधनको बुँदाहरु-

  • बम पड्काउनेहरु कायर हुन् । हामीलाई नतर्साउनुहोस्, महाराजाले ट्यांकर चलाउनेभन्दा राजदरबार अगाडि ‘सडकमा होइन, हाम्रो छातीमा चलाऊ’ भनेर चुनौती दिने मानिस हौं ।
  • म विदेश जान नसेकर स्वदेश बसेको होइन । फोहोर पोखरी सफा गर्न बसेको हुँ । तपाईंहरुको परिवर्तन होस् भन्ने हुटहुटीको हामी सम्मान गर्छौं, तर हामीले गरेको प्रयासको पनि सम्मान गर्नुहोस् ।
  • म मेरा सभापतिलाई ज्योतिषले जे भनेपनि अब उहाँलाई विश्राम लिन र हामीजस्ता युवालाई देश चलाउने जिम्मा दिन आह्वान गर्दछु ।

हेर्नुहोस् पूरा भिडियो-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL