scheduleबिहिवार मंसिर २८ गते, २०७४

बच्चाका लागि फेसबुकले नयाँ मेसेन्जर एप ल्याउने

काठमाडौं । अभिभावकहरु आफ्ना छोराछोरीहरुले धेरै समय फेसबुकमा बिताउने गरेका कारण चिन्तित हुने गर्छन् । उनीहरुले पढाईमा भन्दा फेसबुकमा ध्यान दिँदा अभिभावकहरुमा निराशा छाउने गरेको पाइएको छ । तर एक रिपोर्टले बच्चाहरुले लामो समयसम्म फेसबुक चलाएमा चिन्ता लिनु नपर्ने बताएको छ । बताइएअनुसार फेसबुकले बच्चाहरुका लागि एक विशेष च्याट एप ल्याउन लागेको छ । यस च्याट एपको नियन्त्रण पनि अभिभावकको हातमा हुनेछ ।

सोशल नेटवर्किङ वेवसाइट अब १२ वर्षभन्दा कम उमेरका बच्चाका लागि फेसबुकलाई अझ सजिलो बनाउनका लागि सोमबार मेसेन्जर एपलाई विशेष भर्जन लञ्च गर्न लागेको हो । यस एपमा प्यारेन्टल कन्ट्रोल (बच्चाका लागि फेसबुक म्यासेन्जर कन्ट्रोल अभिभावकको हातमा) को पनि अप्सन रहनेछ । यसको मदतबाट अभिभावकले आफ्नो बच्चाको गतिविधिलाई निगरानी राख्न सक्नेछन् र नियन्त्रण पनि गर्न सक्नेछन् ।

यस्तो एप फेसबुकले विशेषगरी ६ देखि १२ वर्षसम्मका बच्चाहरुलाई मध्यनजर गरेर तयार पार्न लागेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL