scheduleबिहिवार मंसिर २८ गते, २०७४

छोराको साथीसँग मनसँगै शरीर पनि मिलेपछि …


एजेन्सी, १९ मंसिर । कहिलेकाँही प्रेम असाध्यै अराजक बनिदिन्छ । मर्यादाका चिनियाँ पर्खालहरु भत्काइदिन्छ अनि पुष्टि गरिदिन्छ कि प्रेम अन्धो हुन्छ भनेर ।

यस्तै भयो अमेरिकामा पनि । लिसा नाम गरेकी एक अमेरिका महिलाले आफ्नो १७ वर्षीया छोराका १४ वर्षीय साथीसँग रमाइलो सम्बन्ध बनाइन् । सुरुमा छोरासँग आउँदा चिनजान भएको उनीसँग बिस्तारै लिसाको प्रेम सम्बन्ध झांगिन थाल्यो । प्रेम शारीरिक सम्बन्ध र शारीरिक सम्बन्धले विवाहसम्म छलाङ मार्न भ्यायो ।

३७ वर्षीया लिसा श्रीमानसँग सम्बन्धविच्छेद गरेर बसेकी थिइन् । एक्लो छोराको जिम्मा लिएर बसेकी उनको घरमा छोराको साथी खेल्न आइरहन्थे । जब छोरा घर नभएको बेला छोराको साथी आइपुगे, लिसाको मन रंगीन बन्न थाल्यो ।

उनी निकै प्रेमिल बनेर प्रस्तुत भइन् । उनको प्रेम बिक्यो र केटा पनि साथीकी आमासँग आकर्षित भए । उमेरमा आफूभन्दा २३ वर्ष कान्छो बालकसँग उनको प्रेम झांगिदै विवाहसम्म पुग्यो किनकी शारीरिक सम्पर्कबाट उनी गर्भवती बनिसकेकी थिइन् ।

प्रेमले अनुशासन तोडे पनि कानुनले तोड्दैन । त्यहाँको कानुनले विवाह गर्न १५ वर्ष उमेर पुग्नैपर्ने व्यवस्था गरेकोले लिसाले विवाहको लागि एक वर्ष कुरिन् । विवाहपछिको रोचक अवस्था तपाईंले अनुमान गर्न सक्नुहुन्छ ? आफूभन्दा कान्छो साथीको छोरा बनेका छन् लिसाका छोरा । उनले आफूभन्दा कान्छो साथीलाई अब बाबु भनेर बोलाउनुपर्ने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL