scheduleबिहिवार मंसिर २८ गते, २०७४

जाडो समयमा यस्ता खानाहरु खानुहोस्

काठमाडौँ, २० मंसिर । जाडोका बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ । यसबाट समेत व्लड प्रेसर बढन सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ । यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ । चिसोकै बेला बाथ मुटु समेत हुनसक्छ । चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु हुने समस्या देखापर्छ ।

त्यसैगरी चिसोले फोक्सोमा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ । बालक तथा बद्धहरूका लागि चिसोको कारणले हुने निमोनिया जोखिम युक्त नै हुन्छ । फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सोको असरले मुटुमा समेत अप्ठेरो पार्न सक्छ ।

यस्तो समयमा कस्तो खाना खाने

तातो सुपहरू प्रसस्त खाने

तातो पानी प्रसस्त खाने

कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।

गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।

ज्वानोको झोल बनाई खान पनि सकिन्छ

गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।

लसुन तथा अदुवाले पनि फाइदा गर्छ

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL