scheduleबिहिवार मंसिर २८ गते, २०७४

धरान बजारमा बाँदरको हातमा बम

धरान, २० मंसिर । बाँदरको हातमा नरिवल भन्ने उखान त सुन्नु भएकै होला । तर, समय सन्दर्भअनुसार बाँदरको हातमा बम भनेर उखानलाई परिष्कृत गर्नुपर्ने भएको छ ।

धरान-धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गर्‍यो । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी सुरु गर्‍यो । तर, राखिएको ठाउँमा बम नै गायब । कसले लग्यो बम ? खोजी गर्दै जाँदा बाँदरले उक्त बम टिपेर लगेको थाहा पाएपछि सेना तथा प्रहरी आश्चर्यमा परे ।

बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ’ भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

निर्वाचन नजिकिँदै जाँदा धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL