scheduleबिहिवार मंसिर २८ गते, २०७४

साँझ पाँच बजेबाटै गणना

फाइल फोटो

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा निर्वाचन भएका जिल्लामा साँझ पाँच बजेबाटै मतगणना गर्ने तयारी गरिएको छ । कतिपय जिल्लामा सर्वदलीय बैठकले बुधबार नै गणनाको तयारी गरिसकेको छ भने केही जिल्लामा बिहीबार पाँच बजेअघि नै सर्वदलीय बैठक सक्ने तयारी छ ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले साँझ पाँच बजेबाटै मतगणना गर्ने बताए । उनका अनुसार मतगणनाका लागि ६ वटा टोली बनाइएको छ ।

एउटा टोलीले बढीमा तीन हजार मतगणना गर्ने र त्यसपछि, अर्काे टोलीले गणना गर्ने उनले बताए । गणनास्थललाई तारबारले घेरिएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको गणना एकैसाथ गर्ने ढुंगानाले बताए ।

रुकुम पूर्व र रुकुम पश्चिममा पनि बिहीबार साँझ पाँच बजेबाटै गणना सुरु हुनेछ । मतगणनाको सबै तयारी लगभग पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाका बारेमा छलफल गर्न बुधबार नै सर्वदलीय बैठक बसेको छ । रुकुम पश्चिमको बैठकले चार स्थानमा मतगणना गर्ने निर्णय गरेको छ ।

गोरखामा पनि बुधबार नै सर्वदलीय बैठक बसेको छ । बैठकले बिहीबार साँझ पाँच बजेबाटै मतगणना गर्ने सहमति गरेको छ ।

गणनास्थलमा तारजाली र सिसी क्यामरा राखिएको छ । मतगणनाका लागि ६० जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL