scheduleबिहिवार मंसिर २८ गते, २०७४

एउटै केन्द्रबाट तीन नेताले गरे मतदान

मंगलबारे, इलाम, २१ मंसिर । मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताए ।

इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने, ‘आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ ।’

यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गरे । मतदानपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको बताए ।

यसै केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL