scheduleबिहिवार मंसिर २८ गते, २०७४

राजधानीमै डेढ घण्टा हिँडेर मतदान

काठमाडौं, २१ मंसिर । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौैमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौैको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गरिन् ।

पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उनी भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गरेकी हुन् ।

यस्तै कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घण्टा हिँडेर आएका ६३ वर्षीय सञ्जय भट्टराई लामो दूरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउँछन् । मतदानपछि भट्टराई पार्टी भन्दापनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताउँछन् । ‘जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाँउको विकास गर्ने नेतालाई मतदान गरेको छु,’ उनी भन्छन् ।

यसैगरी बानेश्वरबाट मतदानका लागि आएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मख्ख थिए । ‘निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको छ,’ उनले भने ।

निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म पुगेका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL