scheduleबिहिवार मंसिर २८ गते, २०७४

साँझ ५ बजेदेखि पहिलो चरणको निर्वाचनको मतगणना, दलका प्रतिनिधिले मतपत्र छुन नपाउने

फाइल फोटो

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको मतदानको मतगणना बिहीबार साँझ ५ बजे देखि सुरु हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाका ३७ क्षेत्रको निर्वाचन सम्पन्न भएको थियो ।

पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ । निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक बसेर मतगणना प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ ।

यसपटक भने मतपत्र सुरक्षाका लागि दलका प्रतिनिधिहरुले छुन नमिल्ने व्यवस्था गरिएको आयोगले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL