scheduleबिहिवार मंसिर २८ गते, २०७४

दीपिकालाई पछार्दै प्रियंका बनिन् एसियाली ‘सेक्सिएस्ट’ महिला

एजेन्सी, २१ मंसिर । एकपटक फेरि प्रियंका चोपडा ‘सेक्सिएस्ट एसिएन वुमन’ अथवा एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा चुनिएकी छिन् । यो वर्ष एसियाबाट ५० सुन्दरीहरु प्रतिष्पर्धामा थिए ।

ईस्टर्न आई पेपरले गरेको एउटा सर्भेमा प्रियंकाले सबैभन्दा बढी मत ल्याएकी हुन् । यसैगरी टिभी अभिनेत्री निया शर्माले गतवर्ष यो सूचिमा एक नम्बरमा रहेकी दीपिका पादुकोणलाई पछाडि पार्दै दोस्रो नम्बरमा आउन सफल भएकी छन् ।

दीपिका यसपाली तेस्रो स्थानमा झरेकी छिन् । चौथो नम्बरमा आलिया भट्ट र पाँचौं नम्बरमा माहिरा खान रहेका छन् ।

एक नम्बरमा पुगेकी प्रियंकाले यो सफलताको लागि ट्वीट गर्दै आफ्नी आमा मधु चोपडालाई धन्यवाद दिएकी थिइन् । उनले बाबु-आमालाई यसको लागि धन्यवाद दिँदै यसलाई उनीहरुको वंशाणुगत गुण र उनीहरुले दिएको अथाह मायालाई यो सफलतासँग जोडेकी छिन् ।

यो सूचिमा दोस्रो नम्बरमा आएकी टिभी अभिनेत्री नियाले प्रियंकालाई बधाई दिएकी छन् । पछिल्ला दिनहरुमा प्रियंका ‘क्वांटिको’ नाामको टिभी शोको छायांकनमा व्यस्त छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL