scheduleबिहिवार मंसिर २८ गते, २०७४

अर्घाखाँचीको सन्धिखर्कस्थित एक मतदान केन्द्रमा आगजनी, मतदान स्थगित

अर्घाखाँची, २१ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-५ मा रहेको मथुरा मावि केन्द्रमा मतदान कार्य स्थगित भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले मतपेटिका फालेर केही मतपत्र नष्ट आगजनीमार्फत नष्ट गरेपछि मतदान स्थगित भएको ।

मतदान भइरहेको मतपेटिका कब्जा गरी कांग्रेस कार्यकर्ताले मतपत्रमा आगजनी गरेर नष्ट गरेपछि मतदान स्थगित भएको हो । कांग्रेस कार्यकर्ताले मतपेटिका कब्जा गर्दा पनि सुरक्षा निकाय रमिते बनेको वाम गठबन्धनका नेताहरुले आरोप लगाएका छन् । २५ वटा मतपत्र मतदान अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि तनाव बढेको थियो ।

मतदान अधिकृत सुरेन्द्र राज अधिकारीले भुलबस हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिएको बताएका छन् । भूल स्वीकार गरी हस्ताक्षर नभएको मतपत्र पुगेको भए जानकारी दिन अनुरोध गर्दागर्दै मतपेटिका नै कब्जा गरी फालिएको अधिकारीले गुनासो गरे ।

मथुरा मावि केन्द्रको “ख” मतदान केन्द्रको मतपेटिका कब्जा गरी कांग्रेसका कार्यकर्ताले मतपत्र यत्रपत्र फ्याँकेपछि मतदान नै स्थगित भएको छ । मतदान स्थगित भएपछि दुई गठबन्धनहरु आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

कांग्रेसले मतदान अधिकृतले नियोजित रुपमा मतपत्रमा हस्ताक्षर नगरेको आरोप लगाएको छ भने नेपाली काङ्ग्रेसका कार्यकताले बुथ कब्जा गरी मतपेटिका फालेर मतपत्रमा आगजनी गरेको बाम गठबन्धनले आरोप लगाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL