scheduleबिहिवार मंसिर २८ गते, २०७४

मतदानपछि ओलीले भने- अब तुरुन्तै पार्टी एकता

भक्तपुर, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सकिएपछि माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् ।

बिहीबार भक्तपुरको सुर्यविनायकस्थित महेन्द्रशान्ति माविमा मतदान गर्दै भने, ‘चुनावलगत्तै पार्टी एकता हुन्छ ।’ निर्वाचनको बेलामा सयौं बम पड्किँदा सरकार मुकदर्शक बनेको उनले आरोप लगाए ।

एमाले र माओवादी चुनावी तालमेल निकै अर्थपूर्ण रहेको बताउँदै उनले यस निर्वाचनपछि मुलुकमा विकास र शान्ति र समृद्धि आउने आशा व्यक्त गरे ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
NTC
NIBL