scheduleबिहिवार फाल्गुन १० गते, २०७४

खतरनाक पुल सर्वसाधारणका लागि खुला

एजेन्सी, १० पुस । चीनमा रहेको सबैभन्दा लामो र खतरनाक सिसाको पुल सर्वसाधारणका लागि खुला गरिएको छ । चीनले पर्यटनलाई बढावा दिने उद्देश्यले जमिनभन्दा २ सय १८ मिटर माथि रहेको काँचको पुल बनाएको हो । यसमा पारदर्शी काँचको प्रयोग गरिएको छ ।

यो पुल चीनको हेबेई प्रान्तको शिजियाझुआंग शहरमा बनाएको हो । यो संसारकै सबैभन्दा लामो पुल आधुनिक इंजिनियरिङको उत्कृष्ट नमुना हो ।

यस पुलको लम्बाई ४ सय ८८ मिटर र चौडाई २ मिटर छ । यस पुलबाट मानिसहरुले उत्कृष्ट दृश्यावलोकन गर्न सक्नेछन् । पुलमा १ हजार ७७ वटा पारदर्शी सिसा लगाइएको छ, जुन चार सेन्टिमिटर मोटो छ ।

तस्बिर : रोयटर्स

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL