scheduleबिहिवार फाल्गुन १० गते, २०७४

वैज्ञानिकहरु भन्छन्- ‘सुपर अर्थ’मा एलियन हुन सक्छ

एजेन्सी, १३ पुस । पृथ्वीभन्दा १ सय ११ प्रकाश वर्ष टाढा रहेको ‘के२-१८बी’ ग्रहमा एलियनको जीवनको सम्भावना छ । यस ग्रह पृथ्वीजस्तै तर आकारमा धेरै गुणा ठूलो छ । सोहीकारण यसलाई ‘सुपर अर्थ’ पनि भन्ने गरिन्छ । टोरंटो विश्वविद्यालय, क्यानडाका वैज्ञानिकहरुका अनुसार उक्त ग्रहमा जीवन हुने सम्भावना अधिक छ ।

शोधका क्रममा यूरोपीय दक्षिणा वेधशालाबाट प्राप्त जानकारीलाई अध्ययन गरिएको हो । यसक्रममा वैज्ञानिकहरुले के२-१८ नामक ग्रहको वरिपरी घुम्ने अर्को एक ग्रहको पनि खोजी गरिएको थियो । मुख्य शोधकर्ता रेयान क्लोटियरले भने, ‘के२-१८बी’को भार र घनत्व पत्ता लगाउनमा सफल हुनुका साथै अन्य ग्रहबारे गरिएको खोजी रोमाञ्चकारी थियो ।’

‘सन् २०१५ मा यस ग्रह खोजी गरेको समयमा यो पत्ता लगाइएको थियो कि आफ्नो तारासँग ठीक उति नै दूरीमा छ, जति त्यहाँ रहन योग्य वातावरणका लागि जरुरी हुन्छ । यस ग्रहमा पानीको पनि सम्भावना छ जुन जीवनका लागि सबैभन्दा महत्वपूर्ण तत्व हो,’ उनी भन्छन् । शोधकर्ताहरुका अनुसार के२-१८बी अब वायुमण्डलीय अध्ययनका लागि काम लाग्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL